• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बालेनको गीत केही घण्टामै युट्युब ट्रेन्डिङमा

बालेनको गीत केही घण्टामै युट्युब ट्रेन्डिङमा

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 5.5K
    SHARES
  • images
    बालेनको गीत केही घण्टामै युट्युब ट्रेन्डिङमा
    images
    images
    images

    काठमाडौं - चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । 

    images

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको दुई नम्बरमा आइपुगेको हो । 

    ‘नेपाल हाँसेको....’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर छ । गीतले विकसित नेपालको परिकल्पना गरेको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । 

    बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।

    images

    ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङ भनेको छ ।

    images

    फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा।।।’ बोलको गीत सार्वजनिक गरेको थियो ।

    चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

    ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

    ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

     

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०७:५४:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij