• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी, अब के होला ?

हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी, अब के होला ?

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 3.9K
    SHARES
  • images
    हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी, अब के होला ?
    images
    images
    images

    हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी

    images

    न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्।

    राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन्। उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन्।


    ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलाएका छैनन्। उनले सबै बन्दी रिहाइको अपेक्षा गरेको बताएका छन्।

    images

    हमासका प्रवक्ता अबु देबाइले विज्ञप्ति जारी गर्दै गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको भन्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिएका थिए।

    images


    हमासले यसलाई युद्ध विराम उलंघनको संज्ञा दिएको छ। युद्ध विराम उलंघनको नाममा हमासले बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिए लगत्तै ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०७:४७:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij