• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

images

प्रभाव न्यूज

२८ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश
    images
    images
    images

    रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    images

    बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

    रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।

    images

    जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए । ‘आजै निवेदन दिएर हाजिर भएकोमा पछि बुझ्दै गएअनुसार हुने गरी तत्काललाई थुनामा पठाउने आदेश भएको छ,’ ज्ञवालीले भने ।

    images

    यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

    लामिछानेलाई यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छोडेको छ 

    images
    images

    प्रकाशित :माघ २८, २०८१ सोमवार - १९:३२:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij