• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मिलको फिताले घाँटीमा गम्भीर चोट लाग्दा मृत्यु

मिलको फिताले घाँटीमा गम्भीर चोट लाग्दा मृत्यु

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    मिलको फिताले घाँटीमा गम्भीर चोट लाग्दा मृत्यु
    सांकेतिक तस्विर
    images
    images
    images

    खोटाङ– मिलको फिताले घाँटीमा गम्भीर चोट लागेर घाईते भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी ४५ वर्षीया कमला खड्काको उपचारको क्रममा मृत्यु भएको छ।

    images

    माघ २६ गते अन्दाजी मध्यान्ह १२ बजे सोही ठाउँका दिल बहादुर खड्काको मकै, धान पिस्ने मिलमा धानको घान लगाउने क्रममा अचानक लडेर खड्का घाईते भएकी थिइन्।


    खड्का गम्भीर घाईते भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक बोधराज बस्नेतको कमाण्डमा खटेको प्रहरीले तत्काल उपचारका लागि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुर्‍याइएको  थियो।

    तर, उपचारको क्रममा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कानूनी प्रक्रिया पुरा गरेर मृतक खड्काको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको शब गृहमा राखिएको छ।

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - २१:२९:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij