• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 6.5K
    SHARES
  • images
    प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ
    images
    images
    images

    काठमाडौंको ठमेलमा दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    images

    अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    उनीहरू दुवै जना नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू हुन्। यस घटनामा थप व्यक्तिहरू फरार छन्।

    उनीहरूले बिहीबार मध्यराति क्युआरटी (क्विक रेस्पोन्स टिम) को रूपमा खटिएका दुई जनामाथि कुटपिट भएको हो।

    images

    प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। उनीहरू काठमाडौं महानगर–२७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका थिए।

    images

    त्यतिबेला ६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका थिए। प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो।

    कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ। 

    कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको थियो। यस्तै जवान विष्टको दायाँ आँखामुनि सुन्निएको थियो।

    क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी कर्मचारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो।

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - १८:२२:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij