• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दाइले भरूवा बन्दुक खेलाउने क्रममा गोली लागेर भाइको मृत्यु

दाइले भरूवा बन्दुक खेलाउने क्रममा गोली लागेर भाइको मृत्यु

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 4.5K
    SHARES
  • images
    दाइले भरूवा बन्दुक खेलाउने क्रममा गोली लागेर भाइको मृत्यु
    images
    images
    images

    दाङको तुलसीपुरमा भरूवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ।

    images

    तुलसीपुर उपमहानगरपालिका(३ ठूला सम्वा निवासी पुष्कर खत्रीका १० वर्षका छोरा भुवन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

    घरबाट १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा आफ्नै सहोदर दाजु १० वर्षीय शिशिर केसीले बन्दुक खेलाउने क्रममा भाइको कञ्चटमा गोली लागेको प्रहरीले बताएको छ।

    घरमा लोड गरी राखिएको भरूवा बन्दुक बालकले खेल्न लगेका थिए।

    images

    भुवन केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीले जानकारी दिए।

    images

    प्रहरीले घटनास्थलबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ।

    मृतकका दाजु र बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - १८:०१:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij