• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बाँकेमा बेहुली भित्र्याएपछि घरमै भयो ग्याङ फाइट, बेहुलाका भिनाजुले खुकुरी छप्काउँदा एकको मृत्यु !

बाँकेमा बेहुली भित्र्याएपछि घरमै भयो ग्याङ फाइट, बेहुलाका भिनाजुले खुकुरी छप्काउँदा एकको मृत्यु !

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 10.5K
    SHARES
  • images
    बाँकेमा बेहुली भित्र्याएपछि घरमै भयो ग्याङ फाइट, बेहुलाका भिनाजुले खुकुरी छप्काउँदा एकको मृत्यु !
    images
    images
    images

    बाँकेमा बेहुली भित्र्याएपछि घरमै भयो ग्याङ फाइट, बेहुलाका भिनाजुले खुकुरी छप्काउँदा एकको मृत्यु १ बाँकेको बैजनाथ गाउँपालिका ८ स्थित पुष्पनगरमा स्थानीय युवा सुवास बुढाको बिहेमा झडप भएको छ ।
    रमाइलो गरिरहेको बेला एक्कासी दुलाहका भिनाजु रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्यो । सामान्य हातहालको स्थितिमा रानाको खुकुरी प्रहारबाट दिनेशको शरिरमा गम्भीर चोट लाग्यो ।

    images

    २५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार बिहान मृत्यु समेत भयो । अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेपनि मुख्य आरोपी दुलाहाको भिनाजु सोही गाउँपालिका २ बस्ने ३५ वर्षीय रामबहादुर रानाको नाम सार्वजनिक गरेको छ भने अरुलाई सोधपुछका लागि मात्रै बोलाइएको जनाएको छ ।

    दुई समूहको लडाइँपछि भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबीच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीय बताउँछन् ।

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - १७:३४:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij