• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 5.4K
    SHARES
  • images
    दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु
    सांकेतिक तस्विर
    images
    images
    images

    दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ।

    images

    शुक्रबार  दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो।

    भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए। त्यहाँ उनी डेरामा बस्दै आएका थिए।  उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ हो।

    शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेका थिए।

    images

    अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका कारण महराको घटनास्थलमै मृत्यु भएको हो।

    images

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - ११:४७:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij