• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अबको एक वर्षमा नेकपा एस आशा जगाउने पार्टी बन्छ : घनश्याम भुसाल

अबको एक वर्षमा नेकपा एस आशा जगाउने पार्टी बन्छ : घनश्याम भुसाल

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 3.2K
    SHARES
  • images
    अबको एक वर्षमा नेकपा एस आशा जगाउने पार्टी बन्छ : घनश्याम भुसाल
    images
    images
    images

    रुपन्देही– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र ऐजेन्डा बोकेको पार्टी खोजेको बताएका छन् । उनले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशाभन्दा बढी निराशा र उकुसमुकुस बनाएको बताउँदै अब कार्यक्रम र ऐजेन्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताए ।

    images

    एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरु त्यही गणतान्त्रिक नेपालको एजेन्डा बोक्ने क्रान्तिकारी कम्य’निष्ट पार्टी बनाउने अभियानमा रहेको बताएका हुन् ।

    उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रिय पूँजीको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रमसहितको पार्टीको आवश्यकता रहेको बताए ।

    ‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरु एकजुट हुने बेला आएको छ’, महासचिव भुसालले भने, ‘अहिले हामी यहि काममा खटिएका छौं ।’

    images

    अगुवा कार्यकर्ताहरु समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकीकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निश्कर्षमा पुगेको बताए ।

    images

    उनले अबको एक वर्षभित्र नेकपा एकीकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दावी गरे । उनले आफूहरुले आगामी एक वर्षभित्र गणतान्त्रिक नेपालको स्पष्ट ऐजेन्डा र कार्यक्रमबाट पुष्टि गर्ने बताए । उनले महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठन गर्ने कार्यदिशा पारित गरेकाले आफूहरुसँग मात्रै स्पष्ट एजेन्डा रहेको बताए । उनले अब छिट्टै केन्द्रीय कमिटीको बैठकलगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको विचमा जाने बताए ।

    उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशील नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई पार्टी प्रवेश गराएका थिए ।

     

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - १०:४५:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij