• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 4.7K
    SHARES
  • images
    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
    images
    images
    images

    काठमाडौं - सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

    images

    सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।

    एसएसपी खनालका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।

    उनका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । ‘बिहान ८ :४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो । खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ । नियन्त्रणमा आइसक्यो,’ उनले भने, ‘क्षतिको अरु विवरण आइसकेको छैन ।’

    images

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।

    images

    क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - १०:४१:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij