• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सम्पत्ति विवरण एक लाख १० हजार देखाएका रविको धरौटी पुग्यो पौने तीन करोड

सम्पत्ति विवरण एक लाख १० हजार देखाएका रविको धरौटी पुग्यो पौने तीन करोड

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 3.0K
    SHARES
  • images
    सम्पत्ति विवरण एक लाख १० हजार देखाएका रविको धरौटी पुग्यो पौने तीन करोड
    images
    images
    images

    ८ जेठ २०८१ मा गृहमन्त्री रहेका बेला रवि लामिछानेले आफ्नो नाममा दुईवटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको उल्लेख गरेका थिए ।

    images

    त्यसबेला उनले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका थिए । तर उक्त जग्गाको मूल्य भने खुलाइएको थिएन ।


    त्यसबेला उनले आफ्नो नाममा ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखामा पारिश्रमिकबाट प्राप्त ५ हजार रुपैयाँ बचत रहेको खुलाएका थिए । त्यस्तै नेपाल बैंक लिमिटेड, नयाँबजार शाखामा १ लाख ५ हजार तलबबाट आएको बाँकी बचत रहेको पनि जनाएका थिए ।

    दुई वटा बैंकमा १ लाख १० हजार मात्रै रकम आफ्नो नाममा रहेको उल्लेख गरेका उनै रवि लामिछाने अहिले विभिन्न पाँच जिल्लास्थित सहकारीको बचत रकम ठगी प्रकरणमा मुद्दा खेपिरहेका छन् ।

    images


    सरकारमा हुँदा सबै सम्पत्ति श्रीमती निकिता पौडेलले दाइजोस्वरुप माइतीबाट ल्याएको उल्लेख गरेका उनलाई पछिल्लो पटक चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी मागेको छ ।

    images

    बिहीबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई उक्त रकम बराबरको धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । बुधबार थुनछेक बहस नसकिएपछि हिरासतमा पठाइएका रवि धरौटी बुझाएमा बिहीबार नै रिहा हुनेछन् ।

    गृहमन्त्रीको सम्पत्ति स् दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति
    यससँगै हालसम्म चारवटा जिल्ला अदालतबाट रविलाई धरौटी मागिएको रकम नै २ करोड ७९ लाख पुगिसकेको छ । कास्की, काठमाडौं र रुपन्देही तीनै अदालतबाट धरौटी मागिँदा रविका लागि प्रभु बैंकले ग्यारेन्टी बसिदिएको थियो ।

    सबैभन्दा सुरुमा पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत पुस २५ गते जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

    त्यसबेला जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै रविले ६५ लाख बैंक ग्यारेण्टी देखाएका थिए ।

    लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा पेश गरिएपछि रवि रिहा भए । तर कास्कीमै चलेको सम्पत्ति शुद्धीकरण मुद्दाका कारण रविको सांसद पद भने अझै निलम्बित अवस्थामा छ। उनले मुद्दाको अन्तिम टुंगो नलागुञ्जेल संसदमा छिर्न नपाउने छैनन् ।

    त्यसपछि गत माघ २ गते काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पनि रविले धरौटी राखेर बाहिरै बस्ने अवसर पाए । काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । काठमाडौंमा पनि पोखरामा जस्तै प्रभु बैंकले रविका लागि ग्यारेन्टी बसिदियो ।

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा सहकारी ठगी र संगठित अपराधको मुद्दा खेपेका रविलाईत्त सबैभन्दा धेरै धरौटी मागियो ।

    जिल्ला अदालत रुपन्देहीले गत माघ १३ गते रविलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । रविका लागि त्यहाँ पनि प्रभु बैंकले एक करोड बराबरको बैंक ग्यारेन्टी गरिदिएपछि हिरासतमा बस्नु परेन । रुपन्देहीमा त न्यायाधीशले सुनुवाइका क्रममा रविलाई श्रीमती निकिता पौडेलको जिम्मामा हिरासत बाहिरै बस्ने सुविधा दिए ।

    पछिल्लो पटक बिहीबार ९माघ २४ गते रविले दुई पटक चुनाव जितेको चितवनमा पनि अदालतबाट धरौटीकै आदेश भएको छ । जिल्ला अदालत चितवनले उनलाई ५४ लाख धरौटी लिएर बाहिरैबाट मुद्दाको प्रतिरक्ष गर्ने सुविधा दिएको हो ।

    यससँगै रविको धरौटी चार जिल्ला अदालतमा २ करोड ७९ लाख पुगिसकेको छ । अब रविका लागि पर्सा जिल्ला अदालत पनि फेस गर्नुपर्ने चुनौती छ । पर्सामा सानोपाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रविविरुद्ध मुद्दा अघि बढ्न बाँकी छ ।

    आफ्नो नाममा सम्पत्तिका रुपमा त्यही बैंक बचत १ लाख १० हजार र भक्तपुरको जग्गा देखाएका रविका लागि बैंकले केही घण्टाभित्रै ग्यारेन्टी बसिदिए राहत दिएको छ । रविले कुनै पनि अदालतमा बैंक भौचर या रकम जम्मा गर्नुपरेको छैन । प्रभु बैंकले अदालतमा उपलब्ध गराउने पत्रका आधारमा उनलाई राहत मिलिरहेको छ ।

    चितवनसहित चारवटा अदालतबाट धरौटीमा बाहिरै बस्ने सुविधा पाएका रविको मुद्दा उच्च अदालत पोखरामा पुगिसकेको छ । सबैभन्दा पहिले सरकारी वकिलले उक्त मुद्दा उच्चमा लगेका छन् । त्यसपछि पनि आफूलाई धरौटी माग्ने निर्णय वेरीतको भन्दै उच्चमा पुगेका छन् । अहिले उच्च अदालतले रविको मुद्दामा जिल्लाबाट कैफियत फाइल मगाएको छ ।

    रविले यसअघि तीनै जिल्लामा बैंक ग्यारेन्टी पेशेका थिए । रास्वपा प्रवक्ता मनिष झाले यसअघि नै त्यसरी बैंक ग्यारेन्टी देखाउने गरी स्रोत जुटाउन शुभेच्छुक र कार्यकर्ताले साथ दिएको तर्क गरेका थिए । रविलाई उनको मुद्दाको धरौटीका लागि केही व्यापारीले पनि साथ दिएका थिए ।

    यो मुद्दा अघि बढ्दै गर्दा नै रविका लागि बैंक ग्यारेन्टी राख्ने स्रोत जुटाएको रास्वपाका एक नेताको भनाइ छ । रविलाई धरौटी चाहिन सक्ने भएकाले व्यापारी, कार्यकर्ता र शुभेच्छुकमाझ क्राउड फन्डिङ अभियान चलाएको पनि पाइएको छ ।

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - १९:४१:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij