• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जबरजस्तीकरणी मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्‍ने युवती पक्राउ

जबरजस्तीकरणी मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्‍ने युवती पक्राउ

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 5.8K
    SHARES
  • images
    जबरजस्तीकरणी मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्‍ने युवती पक्राउ
    images
    images
    images

    काठमाडौं - हनी ट्रयाप संलग्न रहेको अभियोगमा चितवन रत्ननगर नगरपालिका(८ घर भई काठमाडौं महानगरपालिका(१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    images

    अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(१३ कुलेश्वरबाट पक्राउ गरेको हो।

    उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

     

    images

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १३:५६:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij