• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कमलपोखरी ग्याँस सिलिन्डर विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो

कमलपोखरी ग्याँस सिलिन्डर विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 5.5K
    SHARES
  • images
    कमलपोखरी ग्याँस सिलिन्डर विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो
    images
    images
    images

    काठमाडौं – कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।

    images

    हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ ।

    विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।

    आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।

    images

    स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । उद्धारमा प्रहरीवृत्त मालीगाउँबाट प्रहरी नायब उपरीक्षक ९डीएसपी०को कमाण्डमा टोली खटिएको थियो ।

    images

    प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्‍याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १२:०१:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij