• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता

images

प्रभाव न्यूज

२३ माघ २०८१
  • 3.1K
    SHARES
  • images
    झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
    images
    images
    images

    सुर्खेत - झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता भएका छन्।

    images

    बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए।

    उनका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ ।
    बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको डाँगीले बताए ।

    ‘नदीमा खसेपछि उनीहरू बेपत्ता भएको खबर आएपछि बाबियाचौरबाट प्रहरी त्यहाँ पुगेको छ,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘अहिले खोजीकार्य भइरहेको छ ।’

    images

    images
    images

    प्रकाशित :माघ २३, २०८१ बुधवार - १५:४४:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij