विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । प्रदेश-१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । भिम सार्कीले २९ रन जोड्दा राजेश पुलामीले अविजित २४ रन बनाए । लोकेश बमले १३ रन बनाए ।