• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन

जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन

images

प्रभाव न्यूज

२३ माघ २०८१
  • 4.5K
    SHARES
  • images
    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
    images
    images
    images

    काठमाडौँ - इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् ।

    images

    राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    सो फोन संवादमा ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशी लगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताएका थिए ।

    हमास र इजरायलबिच जारी युद्ध विरामको क्रममा दुवैतर्फ बन्धक बनाइका व्यक्तिलाई रिहाइ गर्ने क्रम जारी रहेको छ तर विपिन जोशीको हालसम्म कुनै अत्तोपत्तो छैन ।

    images

    जोशीको रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वयं पहल थालेका छन् । 

    images
     

    images
    images

    प्रकाशित :माघ २३, २०८१ बुधवार - १२:४९:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij