• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मलेरियाबाट धन्न–धन्न जोगिएको हुँ, कोभिडले तीनपल्ट आक्रमण गर्‍यो : प्रधानमन्त्री

मलेरियाबाट धन्न–धन्न जोगिएको हुँ, कोभिडले तीनपल्ट आक्रमण गर्‍यो : प्रधानमन्त्री

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 2.3K
    SHARES
  • images
    मलेरियाबाट धन्न–धन्न जोगिएको हुँ, कोभिडले तीनपल्ट आक्रमण गर्‍यो : प्रधानमन्त्री
    images
    images
    images

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बेलामा विश्वले औषधि बनाइनसकेको बेलामा आफूले विश्वास जगाउन बेसार पानीको कुरा गरेको बताएका छन् । उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

    images

    “हाम्रा डाक्टरहरु नै कोभिडबाट आतंकित भइरहनुभएको थियो, कोभिडको प्रचार नै भयावह तरिकाबाट भयो । धर्ती नै रहँदैन कि भन्ने अवस्थाबाट भयो । अरू औषधि नै थिएन, के भन्ने ? कतिपयले मलाई उडाए ।

    विश्वासले मान्छे बाँच्छ । बेसार पानी नुन हालेर खाए भो नि भनेर भनेको हुँ । मैले विश्वासका लागि भनेको हुँ । हामीले मनोबल जगाउनुपर्थ्यो ।”

    उनले आफ्नी आमाको बिफरका कारण निधन भएको स्मरण गर्दै आफूलाई पनि मलेरियाले पटक पटक आक्रमण गरेको बताए । “मेरी आमा बिफरले बित्नुभएको हो ।

    images

    मैले सानैदेखि नै बिफरका बारेमा सुनेँ, म पनि मलेरियाबाट धन्न धन्न जोगिएको हुँ,” उनले भने, “पहिलोमा होइन दोस्रो चरणमा तीनपल्ट कोभिडले आक्रमण गरिहाल्यो ।”

    images

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - २०:३९:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij