• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रे गर्न सुरु

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रे गर्न सुरु

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 4.5K
    SHARES
  • images
    दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रे गर्न सुरु
    images
    images
    images


    भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रे सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।

    images

    दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना ९आरसीआईपी० कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।

    शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताए । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहज हुनेछ ।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - ०९:३६:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij