• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हमासले बन्धक बनाएको नेपाली विपिन जोशीको अवस्था कस्तो छ?

हमासले बन्धक बनाएको नेपाली विपिन जोशीको अवस्था कस्तो छ?

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 5.6K
    SHARES
  • images
    हमासले बन्धक बनाएको नेपाली विपिन जोशीको अवस्था कस्तो छ?
    images
    images
    images


    काठमाडौँ – हमास र इजरायबिच युद्धविराम भएपछि दुवैतर्फका बन्धक धमाधम रिहा भइरहेका छन् । तर, नेपाली युवा विपिन जोशीको हालसम्म कुनै टुंगो लागेको छैन। 

    images

    हमास समूहले सन् २०२३ अक्टुबर ७ मा इजरायलको अलमिम कबुजबाट विपिनलाई बन्धक बनाएको थियो। उनी बन्धकमा परेको झण्डै डेढ वर्ष हुन लागेको छ। हालै युद्धविरामपछि दुवैतर्फका बन्धकहरू रिहा हुँदा विपिनको परिवार पनि रिहाइको बाटो हेरेर बसिरहेका छन्। 

    विपिन रिहाइका लागि नेपालको तर्फबाट पहल नभएको पनि भन्न पनि मिल्दैन। परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पनि पहल गरिरहेका छन्। 

    परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले यस विषयमा कतारका विदेशमन्त्रीसँग पटक पटक फोनमा कुरा गरेकी छन्। नेपालका लागि कतारी राजदूतलाई बोलाएर उनले छलफल गरेकी थिइन्। 

    images

    माघ १ गते परराष्ट्रमन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन्। त्यही दिन उनले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोन गरी रिहाइको पहल गर्न आग्रह गरेकी थिइन्। 

    images


    माघ ७ गते मन्त्री राणाले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल अतिसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।

    त्यसअघि पनि उनले नेपालका लागि कतारी राजदूत जदूत युसूफ बिन मोहम्मद अल–हइललाई मन्त्रालयमै बोलाएर कुराकानी गरी पहलका लागि आग्रह गरेकी थिइन्। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेला पनि मन्त्री राणाले विपिनको रिहाइका लागि अपिल गरेकी थिइन्। 


    मन्त्री राणा मात्र होइन, यसअघिका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले पनि विपिनलाई छुटाउन पहल गरेका थिए। विपिन बन्धक बनाइएको बेला नेपालमा परराष्ट्रमन्त्री रहेका एनपी साउद कतार गएर त्यहाँका सरकारसँग यसबारे कुरा गरेका थिए। 

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - ०९:०४:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij