• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्य चाहनामा ब्रेक

कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्य चाहनामा ब्रेक

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 4.9K
    SHARES
  • images
    कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्य चाहनामा ब्रेक
    images
    images
    images

    कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सोमबार पनि सुनुवाइ भएन ।

    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी रहेको मुद्दा १२ औँ नम्बरमा भए पनि सुनुवाइ भएन ।

    दुवै न्यायाधीशको एकल इजलास पनि भएका कारण आज हेर्न नभ्याउने हुँदै स्थगित भयो । अब शाक्यको पदावधि पाँच दिनमात्र बाँकी छ ।

    सर्वोच्चले पुनः पाँच दिनमा पेसी राखेर सुनुवाइ गरी फैसला गर्ने सम्भावना नभएका कारण शाक्यको प्राधिकरण फर्कने ‘च्याप्टर क्लोज’ भएको छ ।

    images

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति र आफूलाई हटाउने निर्णय विरुद्धको मुद्दामा सुनुवाइको आशा बोकेर शाक्य सुरुमा २०७८ भदौ १ गते सर्वोच्च पुगेका थिए ।

    images

    चार वर्षदेखि शाक्य सर्वोच्चमा मुद्दा लडिरहेका थिए तर उनी अवकाशमा जाँदासम्म सर्वोच्चबाट फैसला आएन । मुद्दामा लिखित जवाफ पेस गर्नेदेखि सबै अंग पुगेको छ । तर यो विवादमा फैसला गर्न अदालत नै डराएको शाक्यको बुझाइ छ ।

    घिसिङ हटाउन सरकार लागेकाले पनि यो मुद्दामा सर्वोच्च अप्ठ्यारोमा परेको उनले बताए । उक्त रिटमा विपक्षी बनाइएका सबैको लिखित जवाफसमेत अदालत पुगेकाले फैसलाकै बहस सुरु हुनुपर्ने थियो ।

    ‘अवकाशको उमेर रहेसम्म ममाथि अन्याय भयो भनी अदालत धाएको थिएँ,’ उनले भने, ‘अब अवकाशपछि रिट खारेज हुने होला,’ उनले रोष प्रकट गरे ।

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - २१:१५:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij