• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


सरस्वतीको हत्या, घटना लुकाउन इशरा पनि मारिइन्

सरस्वतीको हत्या, घटना लुकाउन इशरा पनि मारिइन्

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 5.7K
    SHARES
  • images
    सरस्वतीको हत्या, घटना लुकाउन इशरा पनि मारिइन्
    images
    images
    images

    कैलाली – अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुङ्गा प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ।

    images

    गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ।

    पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको बताएका छन्।‘ किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने।

    उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको थियो। उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्‍याइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन।

    images

    शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भएको थियो। इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबीच कुराकानी भइरहेको हुन्छ। उनीहरुबीच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेका हुन्छन्।

    images

    यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन्। ‘उनीहरु जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन्। विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन्।

    तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने, ‘पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीले हत्या गरिएको हो। ’

    प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन्। त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन्। युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन्। तर इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन्।

    ‘घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन्। इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर मारिएको देखिन्छ’ प्रहरीले पत्रकार सम्मेलनमा प्रष्ट परेको छ।

    गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसालेको पाइएको छ।

    जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो।

     

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - ०९:५७:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij