• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


स्वागत मन्तव्य दिंदादिंदै वडाध्यक्षको निधन

स्वागत मन्तव्य दिंदादिंदै वडाध्यक्षको निधन

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 9.8K
    SHARES
  • images
    स्वागत मन्तव्य दिंदादिंदै वडाध्यक्षको निधन
    images
    images
    images

    नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ ।

    images

    शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए ।

    राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका सदस्य गिरीले जानकारी दिए ।

    ३७ वर्षीय उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिव समेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । रासस

    images

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - १७:१५:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij