• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अमेरिकाले आप्रवासीलाई धमाधम लखेट्दा नेपालीको अवस्था के छ ? बिस्तृतमा हेर्नुहोस् 

अमेरिकाले आप्रवासीलाई धमाधम लखेट्दा नेपालीको अवस्था के छ ? बिस्तृतमा हेर्नुहोस् 

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 7.3K
    SHARES
  • images
    अमेरिकाले आप्रवासीलाई धमाधम लखेट्दा नेपालीको अवस्था के छ ? बिस्तृतमा हेर्नुहोस् 
    images
    images
    images

    काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि त्यस देशमा रहेका अवैध आप्रवासीहरूलाई हटाउने अभियान तिव्र्र पारिएको छ । 

    images

    अमेरिकी सैन्य विमानहरूको प्रयोग गरी आप्रवासीहरूलाई उनीहरूकै देशमा फिर्ता पठाउने अभियानलाई तिव्रता दिइएको विभिन्न संचारमाध्यमहरुले बताएका छन् । 

    अवैध आप्रवासीलाई हटाउने कदमले २०,००० भन्दा बढी बिना कागजात भएका भारतीयहरूलाई असर गर्न सक्ने अनुमान गरिएको छ। 

    ट्रम्प प्रशासनले अपराधी अवैध आप्रवासीहरूलाई क्यूबाको पूर्वी किनारमा रहेको ग्वान्तानामो बे सैन्य जेलमा राख्ने योजना पनि सार्वजनिक गरेको छ। यो जेल अल–कायदा जस्ता आतंकवादीहरूलाई राख्नका लागि कुख्यात मानिन्छ।

    images

    अवैध आप्रवासीहरूको निष्कासन अभियानमा, अमेरिकी अधिकारीहरूले हालसम्म ५३८ भन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरिसकेका छन्। यस अभियानले विश्वभरका आप्रवासी समुदायहरूमा चिन्ता बढाएको छ। 

    images

    नेपालीको अवस्था के छ ? 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने अभियान तिव्रता दिन छोडेका छैनन्। यसले नेपाली समुदायमा पनि ठूलो चिन्ता थपिएको छ। हालसम्म, नेपाली आप्रवासीहरूमा विशेष रूपमा कस्तो प्रभाव परेको छ भन्ने विस्तृत विवरण उपलब्ध छैन। तर, ट्रम्प प्रशासनको यो कदमले नेपाली आप्रवासीहरूलाई पनि असर गर्न सक्ने अनुमान गरिएको छ।

    अमेरिकामा रहेका नेपाली दूतावास वा सम्बन्धित संघसंस्थासँग सम्पर्कमा रहनु र आवश्यक कानूनी सल्लाह लिनु उचित ठानिएको छ। अमेरिकाले आफ्नो नयाँ आप्रवासन नीतिअनुसार १,३६५ जना नेपालीलाई देशनिकाला गर्ने भएको खवरहरु प्राप्त भएका छन् । इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट अन्तर्गतको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन्सको दस्तावेजमा यो खुलासा भएको छ। 

    अमेरिकी अध्यागमन कार्यालयले हालै सार्वजनिक गरेको विवरण अनुसार, अमेरिकाबाट निष्कासनको आदेश पाएका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूमध्ये १,३६५ जना नेपाली नागरिक पनि छन्।

    अमेरिकामा रहेका नेपाली समुदायले यस परिस्थितिमा सचेत रहनु आवश्यक मानिएको छ।  

    अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार, अमेरिकामा झण्डै तीन लाख नेपाली मूलका बासिन्दा छन्।

    जसमध्ये दुई लाखले ग्रिनकार्ड प्राप्त गरेका छन् भने झन्डै ८७ हजारले अमेरिकी नागरिकता लिएका छन्। त्यसैगरी, करिब २० हजार नेपाली विद्यार्थीका रूपमा रहेका छन्, र २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन्। साथै, ७,५०० जनाले अस्थायी आवासीय अनुमति पाएका छन्। 

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - ०९:२२:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij