• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


विराटनगरमा बालिकाको शव खेतमा गाडेको अवस्थामा भेटियो–हजुरबुबा पक्राउ 

विराटनगरमा बालिकाको शव खेतमा गाडेको अवस्थामा भेटियो–हजुरबुबा पक्राउ 

images

प्रभाव न्यूज

१८ माघ २०८१
  • 7.2K
    SHARES
  • images
    विराटनगरमा बालिकाको शव खेतमा गाडेको अवस्थामा भेटियो–हजुरबुबा पक्राउ 
    images
    images
    images

    विराटनगर – मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा करिब ५७ वर्षीय सर्जुक मण्डल रहेका छन्।

    मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो।

    डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन मण्डलसँगै मावलाघर विराटनगर आएकी थिइन्।

    images

    चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए। ५÷६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए। तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए।

    images

    यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए।

    खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए।

    सर्जुकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    images
    images

    प्रकाशित :माघ १८, २०८१ शुक्रवार - १७:२३:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij