• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गाडी भिरबाट खसेपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला, दुर्घटनामा ३ जनाको मृत्यु हुँदापनि प्रहरीलाई दिएनन् जानकारी

गाडी भिरबाट खसेपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला, दुर्घटनामा ३ जनाको मृत्यु हुँदापनि प्रहरीलाई दिएनन् जानकारी

images

प्रभाव न्यूज

१८ माघ २०८१
  • 6.0K
    SHARES
  • images
    गाडी भिरबाट खसेपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला, दुर्घटनामा ३ जनाको मृत्यु हुँदापनि प्रहरीलाई दिएनन् जानकारी
    images
    images
    images

    बिहीबार बिहान ओखलढुंगामा भएको टाटासुमो दुर्घटनाका फरार चालक भक्तपुरमा फेला परेका छन् ।

    images

    खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो बिहीबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

    सो दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् । तर, सामान्य घाइते भएका चालक भने घटनास्थलबाट भागेर भक्तपुर आईपुगेको खुलेको छ ।

    प्रहरीका अनुसार उक्त टाटासुमो सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितले चलाएका थिए ।

    images

    प्रहरीका अनुसार चालक पण्डितको भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उनले सुमो दुर्घटनाबारे प्रहरीलाई समेत जानकारी नदिएको देखिएको छ ।

    images

    उनी सामान्य घाइते मात्रै भएका प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा परेर खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको ज्यान गएको छ ।

    आगोले पोलेर घाइते भएकी मायालाई लिएर उनका छोरा पुजन र बहिनी तारा काठमाडौँ आउँदै गरेको अवस्थामा सो दुर्घटना भएको हो ।

    यसबारे थप अनुसन्धान भइरहेको र चालक फेला परेको हुँदा सत्यतथ्य बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    प्रकाशित :माघ १८, २०८१ शुक्रवार - १२:१८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij