• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो

अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो
    images
    images
    images

    काठमाडौं– अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

    images

    बीबीसीका अनुसार अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको एक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएका थिए ।

    उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

    प्रहरी अधिकारीहरूले जानकारी दिँदै अहिलेसम्म १८ जनाको शव फेला परिसकेको बताएका छन् । बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो।

    images

    अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

    images

    स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान जारी छ ।

    उक्त विमानले रेगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - १२:०६:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij