• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 5.5K
    SHARES
  • images
    पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
    images
    images
    images

    काठमाडौँ - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

    images

    तराईका धेरै स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । बिहान पौने ६ बजेको काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ ।

    images

    काठमाडौँ उपत्यकामा बिहान केही बदली भए पनि दिउँसो सामान्यतया मौसम सफा रहनेछ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images

    साथै विभागले शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - ०९:४३:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij