• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


श्रीपेच बिनाका पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, मुख्यमन्त्रीसँग भेटवार्ता गर्ने 

श्रीपेच बिनाका पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, मुख्यमन्त्रीसँग भेटवार्ता गर्ने 

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 3.7K
    SHARES
  • images
    श्रीपेच बिनाका पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, मुख्यमन्त्रीसँग भेटवार्ता गर्ने 
    File Photo
    images
    images
    images

    काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ ।

    images

    पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले बताए ।

    पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको छ ।

    images

    गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ ।

    images

    सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् ।

    सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - १७:०८:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij