• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


यात्रुवाहक विमानमा आगलागी

यात्रुवाहक विमानमा आगलागी

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 10.6K
    SHARES
  • images
    यात्रुवाहक विमानमा आगलागी
    images
    images
    images

    काठमाडौँ - दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार यात्रुवाहक विमानमा आगलागी भएको छ ।

    images

    आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो । 

    अग्नि नियन्त्रण अधिकारीहरूले सोलबाट लगभग ३२० किलोमिटर दक्षिण पूर्वमा रहेको बुसानको विमानस्थलबाट चीनको हङकङका लागि उडेको एयर बुसानको विमान उडान भर्नुअघि पुच्छरमा आगो लागेको बताए । 

    सवार सबै १६९ यात्रु र सात चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो । तीन जना घाइते भएको बताइएको छ । 

    images

    योनहापले विमानको पुच्छरबाट आगो शुरु भएपछि जहाजको फ्युजलेजमा फैलिएको बताएको छ । 

    images

    अग्नि नियन्त्रण अधिकारीहरूले आगो पूर्ण रूपमा निभाइसकेको बताएका छन् । 

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - १०:०६:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij