• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


१० हजार धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ, भक्तपुर लगिँदै

१० हजार धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ, भक्तपुर लगिँदै

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 5.6K
    SHARES
  • images
    १० हजार धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ, भक्तपुर लगिँदै
    images
    images
    images

    काठमाडौं - अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी अभियन्ता आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी छन् ।

    images

    उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन् ।

    पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् ।

    काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा आज उनी धरौटीमा रिहा भएकी हुन् ।

    images

    उनी छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ ।

    images

    भक्तपुरकाे जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरी स्रोतले जनाएको छ ।

    ‘हामीले पक्राउ गरेर ल्याउँदैछौं’, भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले भने । उनका विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको डीएसपी न्यौपानेले बताए ।

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - १७:२६:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij