• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल

प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल
    images
    images
    images

    प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल चयन हुनुभएको छ ।

    images

    चौतारीको पाँचौँ जिल्ला अधिवेशनमा उपाध्यक्ष चयन हुनुभएका ठटाल छैटौँ जिल्ला अधिवेशनमा अध्यक्ष चयन हुनुभएको हो ।

    दिक्तेलस्थित होटल शुभदिनमा आज (आइतबार) सम्पन्न छैटौँ जिल्ला अधिवेशनले समितिको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सहसचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारीलाई चयन गरेको छ ।

    एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन हुनुभएको छ ।

    images

    नवनिर्वाचित कार्यसमितिलाई चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश समितिका सह–ईन्चार्ज हरिवोल आचार्यले पद तथा गोपणीयताको सपत ग्रहण गराउनुभएको छ ।

    images

    कार्यक्रमका वक्ताहरुले चौतारीका नवनिर्वाचित कार्यसमितिलाई सत्य, तथ्य र निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह गरेका छन् ।

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - २०:१९:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij