• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सामाजिक विकासमन्त्रीसहित खोटाङका तीन पत्रकार सम्मानित

सामाजिक विकासमन्त्रीसहित खोटाङका तीन पत्रकार सम्मानित

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 3.7K
    SHARES
  • images
    सामाजिक विकासमन्त्रीसहित खोटाङका तीन पत्रकार सम्मानित
    images
    images
    images

    खोटाङ -  प्रेस चौतारी नेपाल खोटाङले कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई झपीके’सहित तीन पत्रकारलाई सम्मान गरेको छ ।

    images

    चौतारीको छैटौँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा मन्त्री राईसहित नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष लिदिप खत्री, पूर्वअध्यक्ष दमन राई र प्रदेश परिषद् सदस्य केदार मगर सम्मानित हुनुभएको हो ।

    मन्त्री राईलाई उज्ज्वल भविष्यको कामना गर्दै तथा पत्रकारहरुलाई जिल्लाको विकास तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको चौतारीका जिल्ला अध्यक्ष सीताराम राई झसञ्जिव’ले जानकारी दिनुभयो ।

    सम्मानित मन्त्री तथा पत्रकारहरुलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–ईन्चार्ज तथा नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

    images

    ‘समृद्धिका सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ दिक्तेलस्थित होटल शुभदिनमा जारी अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।

    images

    अधिवेशनका वक्ताहरुले पत्रकारहरु विभिन्न सङ्घ तथा सङ्गठनमा आवद्ध भएपनि पत्रकारिता पेसालाई स्वतन्त्र, निष्पक्ष र व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

    अधिवेशनमा संविधानसभा सदस्यसमेत रहुनुभएका पोलिटब्यूरो सदस्य भट्टराई, सामाजिक विकासमन्त्री राई, पूर्वमन्त्री उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश समिति सदस्य विणादेवी राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, चौतारीका केन्द्रीय सदस्य एवम् प्रदेश सह–ईन्चार्ज आचार्य, प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईँ, प्रेस सेन्टर नेपाल खोटाङका अध्यक्ष सविना अछामे परियार लगायतले शुभकामना दिनुभएको छ ।

    अधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै बन्दसत्र शुरु गरिएको चौतारीले जनाएको छ ।

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - १८:२९:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij