• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ताप्लेजुङमा प्रहरी र पहिचानपक्षबीच झडप, प्रहरीले चलायो १२ सेल अश्रुग्यास

ताप्लेजुङमा प्रहरी र पहिचानपक्षबीच झडप, प्रहरीले चलायो १२ सेल अश्रुग्यास

images

प्रभाव न्यूज

१२ माघ २०८१
  • 4.9K
    SHARES
  • images
    ताप्लेजुङमा प्रहरी र पहिचानपक्षबीच झडप, प्रहरीले चलायो १२ सेल अश्रुग्यास
    images
    images
    images

    विराटनगर - ताप्लेजुङ पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा उत्रिएको पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ ।

    images

    ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिएका थिए ।

    पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको थियो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार केबलरकार निर्माणको विरोधमा रहेकाहरू संगठित रूपमा रोक्ने तयारीसहित भेला भएका थिए ।

    images

    त्यही क्रममा प्रहरी पुगेपछि झडप भएको हो ।डीएसपी रावलले पहिचान पक्षधरको समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए ।

    images

    आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

    images
    images

    प्रकाशित :माघ १२, २०८१ शनिवार - २०:५३:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij