• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


बालयौन दुर्व्यवहारका आरोपी एमाले नेता भूमि आयोग जुम्लाको अध्यक्ष

बालयौन दुर्व्यवहारका आरोपी एमाले नेता भूमि आयोग जुम्लाको अध्यक्ष

images

प्रभाव न्यूज

५ माघ २०८१
  • 4.6K
    SHARES
  • images
    बालयौन दुर्व्यवहारका आरोपी एमाले नेता भूमि आयोग जुम्लाको अध्यक्ष
    images
    images
    images

    बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले नेता सुरतबहादुर शाही भूमि आयोग, जुम्लाको अध्यक्ष नियुक्त भएका छन्।

    images

    शाहीलाई सरकारले भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त गरेको हो।

    सरकारले हालै भूमि समस्या समाधान आयोग गठन गरेसँगै एमाले नेता शाहीलाई जुम्लाको अध्यक्ष बनाइएको हो।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै नयाँ आयोग गठन गरेको छ।

    images

    आयोगमा नेपाली कांग्रेस र एमालेले भागबन्डा गरेर कार्यकर्तालाई अध्यक्ष बनाएका छन्।

    images

    बालयौन दुर्व्यवहारका आरोपी एमाले नेता शाहीलाई भूमि आयोग जुम्लाको अध्यक्ष बनाइएपछि जुम्लामा विवाद उत्पन्न भएको छ।

    यसअघि शाहीमाथि छोरी नाता पर्ने नाबालिग किशोरीलाई करणी प्रयास गरेको आरोप लागेको थियो। उनीविरुद्ध जिल्ला अदालत जुम्लामा मुद्दासमेत परेको थियो।

    स्रोतका अनुसार उनको मुद्दाको किनारा लागेको छैन। तर, शाही नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र भएकै कारण अध्यक्षमा नियुक्त भएका स्रोतको दाबी छ।

    पावर र पहुँचको भरमा बालयौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई सार्वजनिक पद उपहार दिएको भन्दै एमाले पार्टीभित्रै विरोध सुरु भएको छ।

    शाहीसँगै नेकपा एमालेबाट युवा नेता सुमन आचार्य पनि जुम्लामा आयोगको अध्यक्षका लागि चर्चामा थिए। शाहीले २०८० असोज १८ गते बालिकालाई सामाजिक सञ्जाल म्यासेन्जर र टेलिफोनमार्फत यौन सम्पर्कका लागि पटक–पटक प्रस्ताव राख्ने, नाङ्गा तस्बिरहरु खिचेर पठाउन दवाब दिने गरेको अडिओ बाहिरिएको थियो। त्यसपछि शाहीविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी परेको थियो। यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा शाहीविरूद्व जाहेरी दर्ता भएलगतै जिल्ला अदालतबाट प्रकाउ पूर्जी जारी भएको थियो।

    त्यसपछि उनी फरार थिए। जुम्लामै लुकीछिपी बसेका शाही २०८१ बैशाख १२ गते प्रहरीमा आफैँ हाजिर भएका थिए।

    त्यतिबेला उनी ५ दिन हिरासतमा बसेर छुटेका थिए। पीडित बालिकाका बुबाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएपछि शाहीले अनैतिक क्रियाकलाप गर्ने गरेको विषय बाहिर आएको थियो।

    शाहीविरुद्ध मुद्दा परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै उनको बैंक खातासमेत रोक्का गरेको छ।

     

    images
    images

    प्रकाशित :माघ ५, २०८१ शनिवार - १६:२६:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij