• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित

यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित

images

प्रभाव न्यूज

५ माघ २०८१
  • 4.0K
    SHARES
  • images
    यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
    images
    images
    images

    काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५ विकेटले हराएको हो ।

    images

    नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् ।

    नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक-एक विकेट हात पारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।

    images

    बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।

    images

    नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने‍ छ ।

    images
    images

    प्रकाशित :माघ ५, २०८१ शनिवार - १६:०२:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij