• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सैफ अली खानमाथि छुरा प्रहार

सैफ अली खानमाथि छुरा प्रहार

images

प्रभाव न्यूज

३ माघ २०८१
  • 5.4K
    SHARES
  • images
    सैफ अली खानमाथि छुरा प्रहार
    images
    images
    images

    नयाँ दिल्ली - बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । 

    images

    अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए । उनले अभिनेतामाथि छुराले आक्रमण गरे । आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको उपचार भइरहेको प्रहरीले बताएको छ । 

    ‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो । परिवारका सदस्यहरू जागेपछि चोर भाग्न खोजे ।  सैफ अली खानमाथि चोरले आक्रमण गरे । उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । यी चोटहरू त्यति गम्भीर छैनन् । उनलाई छुरा प्रहार गरिएको हो, चोरसँग झगडामा घाइते भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।’ बान्द्राका डीसीपीले भनेका छन् । 

    कहाँ बस्छन् सैफ अली खान ?
    बान्द्राको सतगुरु शरण भवनमा सैफ अली खानको ३ बेडरुमको आलिशान अपार्टमेन्ट छ । यहाँ टेरेस, बाल्कोनी र स्विमिङ पुल पनि छ । यस घरमा सैफसँग पत्नी करीना कपूर खान र छोराहरू तैमुर अनि जेह पनि बस्छन् । -एजेन्सी

    images
    images

    प्रकाशित :माघ ३, २०८१ बिहिवार - १०:१६:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij