• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ, अन्यको खोजी जारी

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ, अन्यको खोजी जारी

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 6.5K
    SHARES
  • images
    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ, अन्यको खोजी जारी
    images
    images
    images

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् ।

    उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।परिसरका प्रमुख, एसएसपी बसन्त रजौरेका अनुसार पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको छ ।

    ‘प्रारम्भिक अनुसन्धानमा ललित केसीलाई पक्राउ गरेका हौं। थप अनुसन्धान हुँदैछ’, एसएसपी रजौरेले भने ।

    images

    बुधबार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत अगाडि हातपात गरिएको थियो । हातपातमा संलग्न बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images

    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ ।

    रास्वपाले भने आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्ने बताएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको हातपातको घटनाबारे काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले आपत्ति जनाएको छ ।

    त्रिपाठीले रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा पीडित पक्षका तर्फबाट बहस गर्दै आएका छन् ।

    बुधबार काठमाडौं जिल्ला अदालतमा यो मुद्दामा थुनछेक बहस थियो । अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - २१:२०:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij