• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


विपिन जोशीको रिहाइबारे आरजु राणाले यस्तो गरिन खुलासा

विपिन जोशीको रिहाइबारे आरजु राणाले यस्तो गरिन खुलासा

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 6.1K
    SHARES
  • images
    विपिन जोशीको रिहाइबारे आरजु राणाले यस्तो गरिन खुलासा
    images
    images
    images

    काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइबारे थप आशावादी भएको बताएकी छन् ।

    images

    मन्त्री राणाले जोशीको रिहाइबारे परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखिरहेकै बेला मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेको बताएकी छन् । 

    ‘मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ’, राणाले भनेकी छन्, ‘हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु ।’ 

    यसै अन्तर्गत कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेको उनले खुलाएकी छन् ।

    images

    ‘उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरूलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो ।

    images

    यसबाट थप आशावादी भएका छौँ’, मन्त्री राणाको भनाइ छ ।

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १८:१५:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij