• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


वैशाखयता विपद्‌मा परी बेपत्ता भएकाको परिवारलाई मृतकको सरह राहत दिने सरकारको निर्णय

वैशाखयता विपद्‌मा परी बेपत्ता भएकाको परिवारलाई मृतकको सरह राहत दिने सरकारको निर्णय

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 4.6K
    SHARES
  • images
    वैशाखयता विपद्‌मा परी बेपत्ता भएकाको परिवारलाई मृतकको सरह राहत दिने सरकारको निर्णय
    images
    images
    images

    काठमाडौं - सरकारले २०८० सालको वैशाखयता विपद्‌मा परेर बेपत्ता भएकाहरूको परिवारले पनि मृतकको सरह राहत दिने निर्णय गरेको छ ।

    images

    आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले सो निर्णय गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

    उनका अनुसार बैठकले असारदेखियता विपद्‌बाट भएको क्षति र त्यसको पुनर्निर्माणको लागि प्राधिकरणलाई सम्बन्धित मन्त्रालयहरूमार्फत बजेट दिने निर्णय भएको बताए ।

    उनले भने, "असारदेखियता विपद्‌बाट जे जति क्षति भयो, त्यसको पुनर्निर्माणको लागि प्राधिकरणमार्फत सम्बन्धित मन्त्रालयहरू, लाइन मिनिस्ट्रीहरूमार्फत अर्थ मन्त्रालयमार्फत बजेट दिने र ती मन्त्रालय तथा प्राधिकरणमार्फत कामहरू गर्ने भन्ने भयो । मृत्यु हुने परिवारले त राहत बमोजिम रकम पाउँछन्, बेपत्ता भएकाको नपाउने थियो ।

    images

    २०८० सालको वैशाखभन्दा यता पनि विपद्मा परेर बेपत्ता भएकाहरूको परिवारले पनि मृतकको सरह राहत दिने निर्णय भएको छ । जाजरकोट र डोटीको भूकम्पको बारेमा पुनर्निर्माण प्राधिकरणले जनशक्ति हायर गरेर पहिलाको सबैले पाएको छ ।

    images

    एक घर क्षति बराबर अर्को एक घर पनि पुनर्निर्माण गरिदिने भनेर त्यो पनि प्राधिकरणमार्फत गर्ने निर्णय भएको छ ।" उनले एक घर क्षति बराबर अर्को एक घर पनि प्राधिकरणमार्फत पुनर्निर्माण गरिदिने निर्णय भएको बताए ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - २२:३०:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij