• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


बाख्रा चराउन गएकी महिलालाई बाघले खायो

बाख्रा चराउन गएकी महिलालाई बाघले खायो

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 1.9K
    SHARES
  • images
    बाख्रा चराउन गएकी महिलालाई बाघले खायो
    images
    images
    images

    रुपन्देही - बर्दियाको ठाकुरबाबा नगरपालिका-७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

    images

    बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जङ्गलभित्र पुर्‍याएको थियो ।

    घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए । टोली पुगेपछि बाघ शवलाई छाडेर जङ्गलतर्फ भागेको बताइएको छ ।

    यद्यपि, स्थानीयafसीले बाघ नियन्त्रण र उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन अस्वीकार गरेका छन् ।

    images

    बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ । घटना सामुदायिक वन क्षेत्रमा भएकाले क्षतिपूर्ति दिने प्रक्रिया अझै अन्योलमा रहेको जनाइएको छ ।गएको साउनयता बर्दियामा हात्ती, गैँडा र पाटेबाघको आक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् ।

    images

    राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेका अनुसार यस क्षेत्रका वन्यजन्तु र मानवीय क्रियाकलापबिचको बढ्दो सङ्घर्षले जनजीवनलाई त्रसित बनाएको छ ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - १८:४९:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij