• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 3.6K
    SHARES
  • images
    आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
    images
    images
    images

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    images

    सोही प्रभावका कारण आज आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ ।

    तराईका केही स्थानमा हुस्सु लागेको छ। आज दिनभर कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया  सफा रहेको छ ।  पहाडी क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ ।

    तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    images

    कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    images

    राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

    तराई क्षेत्रमा भने साधारणतया बदली मात्रै रहने सम्भावना छ । 

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - ०८:३८:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij