• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा बन्द हुन्छ : स्वाथ्यमन्त्री

यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा बन्द हुन्छ : स्वाथ्यमन्त्री

images

प्रभाव न्यूज

२२ पौष २०८१
  • 7.3K
    SHARES
  • images
    यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा बन्द हुन्छ : स्वाथ्यमन्त्री
    images
    images
    images

    भक्तपुर- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पुर्‍याएर कार्यान्वयनको तयारी भइरहेको बताएका छन् ।

    images

    ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसीयू कक्षको आज उद्घाटन गर्दै उनले विकसित मुलुकमा झैँ प्रत्येक नागरिकको योगदानलाई सुनिश्चित गर्नेगरी नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सके निःशुल्क सेवा दिन सकिने बताए ।

    “स्वास्थ्य बिमामा सरकारको बजेट सात अर्ब छ, अहिलेकै अवस्थामा ४९ अर्ब बजेट व्यवस्था गरे पनि नपुग्ने देखिन्छ, यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा सेवा नै बन्द हुन्छ”, मन्त्री पौडेलले भने, “हामी बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनःसंरचना गर्न लागि रहेका छौँ ।”

    मन्त्री पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताए । उनले निजी अस्पतालले गरिब र भुइँ तहका मान्छेलाई सरकारी नीतिअनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने बताए ।

    उनले भने, “निजी स्वास्थ्य संस्था सेवामुखी व्यापार हो, सरकारको नीति र मापदण्डलाई पालना गरिदिनुस्, पारदर्शी रूपमा १० प्रतिशत निःशुल्क बेड भर्ना लिनुस् ।

    यो अस्पताल भुइँमान्छेको पनि अस्पताल हो भन्ने अनुभूति दिलाइदिनुस् ।” कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले निजी क्षेत्रका अस्पतालको सरकारले ग्रेडिङ गरेर शुल्क निर्धारण गर्नुपर्ने बताए ।

    उनले निजी अस्पतालले सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर ‘आइपीओ’मा गएको बताउँदै सबैमा यो नीति लागु हुनुपर्नेमा जोड दिए । कार्यक्रममा आइसीयू विशेषज्ञ डा.अर्जुन कार्कीले आइसीयूमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधिको उपचार गर्ने र धेरै बिरामी निको पारेर पठाउने सकिने बताए ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधुनिक उपकरणयुक्त बनाउँदै उपचार सेवा र उपकरण दुवैमा भक्तपुरको उत्कृष्ट अस्पताल बनाउने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको बताए । रासस

    images
    images

    प्रकाशित :पौष २२, २०८१ सोमवार - २२:०२:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij