• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर पुर्पक्षका लागि कारागार चलान

बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर पुर्पक्षका लागि कारागार चलान

images

प्रभाव न्यूज

२२ पौष २०८१
  • 2.9K
    SHARES
  • images
    बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर पुर्पक्षका लागि कारागार चलान
    images
    images
    images

    बलात्कार अभियोग लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    images

    झापा जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलासले सिवाकोटीलाई कारागार चलान गर्ने आदेश गरेको हो ।

    शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेकाले अदालतले कारागारलाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

    १७ वर्षीया घरेलु कामदार बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटी मंसिर २४ मा पक्राउ परेका थिए ।

    images

    कलेज पोशाकमा काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकी जाँदै गरेकी बालिकालाई आफन्त नेपाल संस्थाका प्रतिनिधिहरूले भेटेर प्रहरीको सहयोगमा उद्धार गरेका थिए ।

    images

    आमा भारतमा बस्ने र बुबा नभएकी ती बालिकालाई शिवाकोटीले पढाइदिने भन्दै सानैदेखि घरेलु कामदारका रूपमा राखेका थिए ।

    तत्कालीन अनारमनी गाविसको अध्यक्षसमेत रहेका शिवाकोटी एमालेबाट २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

    images
    images

    प्रकाशित :पौष २२, २०८१ सोमवार - २१:११:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij