• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने दुई जना पक्राउ

नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने दुई जना पक्राउ

images

प्रभाव न्यूज

२२ पौष २०८१
  • 4.6K
    SHARES
  • images
    नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने दुई जना पक्राउ
    images
    images
    images

    काठमाडौं - प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना व्यक्तिहरु पक्राउ परेका छन् ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसमेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भनी प्रलोभनमा पार्नेहरुलाई पक्राउ गरेको हो ।

    प्रलोभनमा पारेर वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले पुस २१ गते काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ पाचोकबाट सुदीप थापा र किशोर कुमार चौधरीलाई पक्राउ गरेको हो ।

    थापासँगै प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न सप्तरी घर भई काठमाडौ ३२ कोटेश्वरस्थित रहेको मार्शल प्रिन्टिङ प्रेशका संचालक किशोरकुमार चौधरीसमेत २ जनालाई नियन्त्रणमा लिई ठगी तथा बखत सम्बन्धी कसूर मुद्धामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ, भद्रकाली पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयसूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन् । थापा ३८ वर्ष र चौधरी ४४ वर्षको रहेका छन् ।

    images

    images
    images

    प्रकाशित :पौष २२, २०८१ सोमवार - २०:४९:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij