• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी

images

प्रभाव न्यूज

२२ पौष २०८१
  • 3.5K
    SHARES
  • images
    लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी
    images
    images
    images

    काठमाडौं - प्रहरीले नेकपा (एमाले)का सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अनुमति लिएको छ ।

    images

    अनिलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् ।

    केहीअघिसम्म उनी काठमाडौंमा थिए । जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अनिललाई पक्राउ गर्न अदालतले सोमबार अनुमति दिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले अब अनिलको खोजी सुरु गरी थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।

    वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाश प्राप्त कर्मचारी सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै २०७१ देखि ०७३ का बीचमा पटक पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले बुझेका थिए ।

    images

    पटक पटक गरी चौधरीले नबिल बैंकको खातामार्फत रकम बुझेका थिए ।

    images

    images
    images

    प्रकाशित :पौष २२, २०८१ सोमवार - १७:३३:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij