• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


सोलुखुम्बुका प्रजिअ घिमिरेलाई प्रधानमन्त्री ओलीको सम्मान

सोलुखुम्बुका प्रजिअ घिमिरेलाई प्रधानमन्त्री ओलीको सम्मान

images

प्रभाव न्यूज

२२ पौष २०८१
  • 6.9K
    SHARES
  • images
    सोलुखुम्बुका प्रजिअ घिमिरेलाई  प्रधानमन्त्री ओलीको सम्मान
    images
    images
    images

    सोलुखुम्बु - सोलुखुम्बुको शान्ति सुरक्षा मजबुत र जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सम्मानित हुनुभएको छ ।

    images

    जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ सुर्केमा शनिबार आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा प्रजिअ घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र हस्तान्तरण गर्दै सम्मानित गर्नुभएको हो ।

    घिमिरेले जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन, सरकारी निकायमा आर्थिक पारदर्शीता, खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ सुर्केसम्म सडक पुर्‍याउनका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै पालिकाले एक समारोहबीच प्रजिअ घिमिरेलाई सम्मान गरेको हो। प्रजिअ घिमिरे खोटाङको सिम्पानी गाविसका पुर्व प्रधानपन्च भानुभक्त घिमिरेका छोरा हुन । 

    उहाँहरुलाई प्रधानमन्त्री ओलीले खादा र दोसल्ला लगाई सम्मानित गर्नुभएको थियो। सम्मानित हुनेमा सोलुका प्रहरी प्रमुख द्वारिका प्रसाद घिमिरे, दुर्गा बक्स गण सल्लेरी, गोरकनाथ गण तथा अमिदमन गण सहित सुरक्षा निकायका प्रमुख एवम् खुम्बु पासाङ ल्हामु गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत  र वर्तमान प्रमुख प्रशासकीय अधिकृत, पालिकाका इन्जिनियर तथा प्रवक्ता लाक्पा छिरीलगायतलाई सम्मान गरिएको थियो ।

    images

    खुम्बु क्षेत्रमा पहिलो पटक सडक पुगेसँगै उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली, भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतको उपस्थित रहेको थियो।

    images

    मोटरबाटो उदघाटनसङ्गै सो क्षेत्रबाट अरनिको यातायात प्रा.लिले यात्रु बस सेवा सञ्चालन गर्न थालेको छ ।

    images
    images

    प्रकाशित :पौष २२, २०८१ सोमवार - ०७:१७:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij