• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

images

प्रभाव न्यूज

१८ पौष २०८१
  • 6.1K
    SHARES
  • images
    विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
    images
    images
    images

    काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ ।

    images

    शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । ‘मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ,’ मन्त्री भट्टराईले भनिन् ।

    परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्नमा जोड्न लागेको हो ।

    ‘विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नुपर्छ । कति लेख्छ भन्ने आधारमा गरिरहेका छौं । त्यसैले आन्तरिक मूल्याङ्नको विधिलाई परिवतर्न गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन् ।पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले बताइन् ।

    images

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङनको विधि छिट्टै बनाउने बताए । ‘विधि बनाएर छिट्टै कार्यान्यनमा लैजान्छौँ,’ उनले भने । शैक्षिकसत्र २०८२ देखि लागू गर्ने गरी काम गरिरहेको उनले बताए ।

    images

    मन्त्रालयले श्रम र सिपलाई सम्मान गर्न राम्रा कुरालाई पाठ्यक्रममा समावेश गर्न लागेको हो ।‘विद्यार्थीले पढ्ने भनेको किताव वरिपरीको मात्र हो भन्ने छ । अब श्रम र सिपलाई सम्मान गर्न समाजको राम्रो कुरालाई पाठ्यक्रममा जोड्न लागेका हौँ,’ मन्त्री भट्टराईले भनिन्, ‘विद्यार्थीले घरमा बुबाआमालाई कति सघाउँछ कस्तो व्यवहार गर्छ त्यो हेर्नुपर्छख । खेतबारमीमा आमा बुबासँग गएर सघाउछ भनेपनि मूल्याङ्कनमा जोडिनु पर्छ ।’

    विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात-तरकारी पकाए, भाइ-बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् ।

    विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ ।

    images
    images

    प्रकाशित :पौष १८, २०८१ बिहिवार - ११:०३:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij