• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, नयाँ पार्टी घोषणा होला?

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, नयाँ पार्टी घोषणा होला?

images

प्रभाव न्यूज

१७ पौष २०८१
  • 3.6K
    SHARES
  • images
    भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, नयाँ पार्टी घोषणा होला?
    images
    images
    images

    काठमाडौं - सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

    images

    बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

    गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग छलफल गरेका थिए । उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ ।

    images

    २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए । रावलले आफूले खोल्ने पाटीको नाम गैरकम्युनिष्ट हुने बताएका थिए ।

    images

    images
    images

    प्रकाशित :पौष १७, २०८१ बुधवार - ०८:२४:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij