• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


खोटाङमा बालविवाह गर्ने २८ वर्षीय युवक र गराउने आफन्त पक्राउ

खोटाङमा बालविवाह गर्ने २८ वर्षीय युवक र गराउने आफन्त पक्राउ

images

प्रभाव न्यूज

१६ पौष २०८१
  • 6.1K
    SHARES
  • images
    खोटाङमा बालविवाह गर्ने २८ वर्षीय युवक र गराउने आफन्त पक्राउ
    images
    images
    images

    खोटाङ - जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    यही पुस–८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस–१२ गते र कमलालाई पुस–१३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता पोखरेलका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाह सम्बनधी कसूर अन्तरगतको मुद्दा चलाइएको छ ।

    बालविवाह सम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएका उनीहरु दुवैजनालाई आज (आइतबार) जिल्ला अदालत खोटाङमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभएको छ ।

    कक्षा–८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्दार गरेर जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुस–८ गते युवकको घर पु¥याइएकी बालिकालाई भोलिपल्ट पुस–९ गते किरात संस्कार अनुसार भित्र्याएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ ।

    images

    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्द हुने मुलुकी अपराध संहिताको बालविवाह सम्बन्धी कसूरमा उल्लेख छ ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले मङ्सिर–१४ र १५ गते जालपामा बालविवाह न्यूनीकरण सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो । सोही कार्यक्रमको प्रभाव स्वरुप जालपामा भएको बालविवाह सम्बन्धी सूचना प्रहरीलाई प्राप्त भएको जनाइएको छ ।

    images
    images

    प्रकाशित :पौष १६, २०८१ मंगलवार - १६:३२:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij