• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


विद्यार्थीको रक्त समुह पहिचान अभियान सुरु

विद्यार्थीको रक्त समुह पहिचान अभियान सुरु

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 22.7K
    SHARES
  • images
    विद्यार्थीको रक्त समुह पहिचान अभियान सुरु
    images
    images
    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यार्थीको रक्त समुह पहिचान अभियान सुरु गरेको छ ।

    images

    कुनै पनि विद्यार्थीलाई दुर्घट्ना वा गम्भीर चोट पटक लागेको अवस्थामा तत्काल रगत उपलव्ध गराउने लक्ष्यका साथ नगरपालिकाले रक्त सञ्चार केन्द्र दिक्तेलसँगको सहकार्यमा छात्र/छात्राको रक्त समुह पहिचान अभियान थालेको हो ।

    नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा दिक्तेलको पञ्च माबिबाट विद्यार्थीको रक्त समुह पहिचान अभियान सुरु गरिएको हो । पञ्च माबिमा मंगलबार आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले विद्यार्थीको रक्त समुह पहिचान अभियान शुभारम्भ गरेका हुन् ।

    विद्यार्थीको रक्त समुह पहिचानको काम क्रमशः १५ वटै वडाका ९४ वटा सामुदायीक र ११ वटा संस्थागत विद्यालयमा गरिने मेयर रिजालले बताए । विद्यार्थीको रक्त समुह पहिचान गर्दै आगामी शैक्षिक–सत्रदेखि हरेक विद्यार्थीलाई रक्त समुह उल्लेख भएको परिचयपत्र प्रदान गर्नेगरी नगरपालिकाले अभियान थालेको हो ।

    images

    कुनै पनि विद्यार्थी दुर्घट्नामा परेकोबेलामा रक्त समुह पहिचान गरिहनु पर्ने झन्झट हल गर्दै तत्काल समुह मिल्ने रगत उपलव्ध गराएर जीवन रक्षा गर्ने लक्ष्यका साथ रक्त समुह पहिचान सुरु गरिएको मेयर रिजालले बताए । ‘कुनै पनि विद्यार्थी दुर्घट्नामा परे र रगत आवश्यक परे भने व्लड ग्रुप टेष्ट गरिरहन परेन । परिचयपत्र हेरे पुग्छ,’ मेयर रिजालले भने, ‘विद्यार्थीको व्यक्तीगत सेफ्टी र सेक्यूरिटीका लागि ब्लड ग्रुप छुट्याउने अभियान थालिएको हो ।

    images

    १८ वर्ष पुगेका इच्छुक विद्यार्थीले रक्त सञ्चार केन्द्रमा गएर रगत दान गर्न पनि सक्छन् ।’ रक्त समुह पहिचान अभियान शुभारम्भको अवशरमा पञ्च माविका छात्र/छात्राको रक्त समुह परिचान गर्दै परिचयपत्र वितरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाल प्रहरीका डिएसपी नारायणप्रसाद चिमरिया र सशस्त्र प्रहरीका डिएसपी सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको छ ।

    दुर्घट्नामा परेको बेला विद्यार्थीको जीवन बचाउन र रक्त दान गर्न उत्प्ररित गर्नमा रक्त समुह पहिचान अभियान फलदायी हुने पञ्च माबि दिक्तेलका शिक्षक लक्ष्मीप्रसाद खनालले बताए । अभियानकाक्रममा नगरपालिकाभित्रका करिब साँढे आठ हजार विधार्थीको रक्त समूह पहिचान गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । यससँगै शिक्षक/शिक्षिकाको समेत रक्त समुह पहिचान गरिने छन् ।

    विद्यार्थीको रक्त समुहका बारेमा तत्काल जानकारी लिएर रगत लिन वा दिनका लागि रक्त समुह पहिचान अभियान फलदायी हुने अपेक्षा गरिएको छ नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङमा रक्त संकलन केन्द्र स्थापना गरिएको भए पनि विद्यार्थीको ब्लड ग्रुप पहिचानको काम थालिएको हो ।

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १६:३९:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij